८ तस्वीरमा हेर्नुहोस् कोरोनाभाइरस भगाउन गरिएको गौमूत्र पार्टी, सयौं मानिसले पिए

नयाँ दिल्ली। कोरोनाभाइरस भगाउन भन्दै भारतको नयाँ दिल्लीमा गौमूत्र पार्टी गरिएको छ । पार्टीमा करिब २ सय मानिसहरुले गौमूत्र पिएको बताइएको छ । कोरोनाभाइरस भगाउन भन्दै अखिल भारतीय हिन्दू महासभाले यो पार्टी आयोजना गरेको थियो ।
विश्व यतिबेला गम्भीर संकटको सामना गरिरहेको छ तर यो पार्टीमा सहभागी हुनेहरुले आफूहरुले गौमूत्र पिएर कोरोनाभाइरसलाई भगाउन सक्ने दावी गरेका छन् । हिन्दू महासभाले गौमूत्रमा औषधीय गुण हुने र यसले कोरोनाभाइरस मार्ने दावी गरेको छ तर डाक्टरहरुले भने यो दावी सत्य नभएको बताइसकेका छन् । अखिल भारतीय हिन्दू महासभाले भने यो कार्यक्रम देशका अन्य भागमा पनि गर्ने बताएको छ ।
प्रतिक्रिया
Facebook Comment