नेइमार बार्सिलोना फर्किंदै, पिएसजीले तोक्यो मूल्य

काठमाडौं। पेरिस सेन्ट जर्मनले नेइमार यो समर ट्रान्सफरमा क्लवबाट बाहिरिने अपेक्षासहित उनको मूल्य १५० मिलियन युरो तोकेको छ । यससँगै नेइमार आगामी सिजन पुनः बार्सिलोनाबाट खेल्नेतर्फ एक कदम अगाडि बढेका छन् । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले नेइमारलाई आगामी समरमा पेरिस छोड्न अनुमति दिइने निर्णय भएको जानकारी दिएका छन् ।
मार्काको रिपोर्टअनुसार पिएसजीले अर्का स्टार किलियन एम्बाप्पेलाई भने क्लव छाड्न दिने छैन । इएसपिएनका जुलियन लरेनको समाचार अनुसार १५० युरोको मूल्य बार्सिलोना र नेइमारका कानुन व्यवसायीले अपेक्षा गरेभन्दा पनि कम मूल्य हो । यो डील बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टेमोउको लागि प्राथमिकतामा छ किनकि यसरी उनले आफ्ना कप्तान लियोनेल मेस्सीलाई खुसी पार्न सक्नेछन् । अघिल्लो सिजन प्रयास गरेर पनि नेइमारलाई फर्काउन असफल बार्सिलोनाले यो समरमा पुनः प्रयास गर्ने बताइएको छ ।
Facebook Comment