कोरोना कहर: स्पेनमा संकटकालकोे घोषणा, हालसम्म नेपालीमा संक्रमण छैन

डिसी नेपाल
२ चैत २०७६ १६:१३

काठमाडौं। चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) अहिले संसारका १ सय ५४ मुलुकमा पुगिसकेको छ । चीनमा संकट नियन्त्रणमा आउन थालेका संकेत देखिन थालेको बेला युरोपमा भने कोरोनाले तीव्र गतिमा आतंक मच्चाउन लागेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ।

यो रहस्यमय भाइरसले यतिबेला युरोपको स्पेनलाई पनि सताएको छ । युरोपमा इटलीपछि सबैभन्दा प्रभावित स्पेन बन्न पुगेको छ । स्पनेमा हालसम्म ६ हजार ३ सय ९१ जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै १ सय ९६ जनाको ज्यान गएको छ । संक्रमणले उग्ररुप लिन थालेपछि स्पेन सरकारले शनिबार संकटकालको घोषणा गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले देशवासीको नाममा सम्बोधन गर्दै आपतकालीन अवस्थामा बाहेक भ्रमण नगर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएका छन् ।

स्पेनमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्याङ्क छैन । करिब १२ हजारको हारहारीमा त्यहाँ नेपाली रहेको अनुमान छ । स्पेनमा हालसम्म कुनैपनि नेपालीमा यसको संक्रमण नदेखिएको एनआरएनए एनसीसी स्पेनले जनाएको छ । ‘स्पेनमा कोरोनाको संक्रमण दिनप्रतिदिन तीव्र रुपले बढिरहेको छ । तर, हालसम्म कुनै पनि नेपालीमा यसको संक्रमण पुष्टि भएको छैन,’ एनआरएनएका प्रवक्ता सुन्दर रानाभाटले भने ।

नेपालीमा संक्रमण नदेखिए पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ । स्पेनमा सबैभन्दा बढी संक्रमित देखिएको क्षेत्र राजधानी मड्रिड हो । अन्य क्षेत्रको तुलनामा यहाँ नेपालीको संख्या न्यून रहेको रानाभाटले बताए । शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । यो अवस्थामा सरकारले खाने कुरा किन्न जान, औषधी किन्न जान, बैंकमा पैसा झिक्न, काममा जान, पेट्रोल पम्पमा तेल भर्न जान पाउने व्यवस्था गरेको छ । तर, खाद्यान्नको अभाव हुने देखिएको छ । स्पेनले हालसम्म अन्तराष्«िट्रय उडानहरुमा प्रतिवन्ध लगाएको छैन । तर, स्थलमार्गमा भने रोक लगाएको छ । सीमा नाकाहरु सबै बन्द गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *