कारोबार थपेकै दिन शेयर बजार ६५ अंकले घट्यो
काठमाडौं । कारोबार समय एक घण्टा बढाएकै दिन शेयर बजार परिसुचक नेप्से करिब ६५ अंकले घटेको छ । कोराना संक्रमणको त्रासका कारण आर्थिक मन्दी आउने अनुमानबिच केहि दिनदेखि बजार उच्च अंकले घटिरहेको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले आईतबारदेखि कारोबार समय एक घण्टा थप गरेको हो । आईतबार बजारमा ११ बजेदेखि ४ बजेसम्म कारोबार भएको थियो ।
आईतबार बजार खुल्नेवित्तीकै बढेको नेप्से त्यसपछि लगातार ओरालो लाग्यो । अन्तिम समयसम्ममा बजार ६४।१४ अंकले घटेर १३१३।४ अंकमा झरेको छ । यसदिन सबै समूहगत परिसूचक पनि ओरालो लागेको छ । सबैभन्दा बढि लाईफ इस्योरेन्स ६२१ अंकले घटेको छ ।
यसदिन १७४ कम्पनीको ५५ लाख ७० हजार कित्ता सेयरबाट २ अर्व १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया
Facebook Comment