पछिल्लो १४ दिनमा १४ सय चिनियाँ आए नेपाल

काठमाडौं । कोरोना भाइरसको उद्गम मुलुक मानिएको चीनबाट नेपालमा निर्वाध रुपमा चिनियाँहरु भित्रिएका छन्। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको छ।
कोरोना संक्रमणबाट बच्न कतिपय देशहरुले चिन लगायत कोरोना प्रभावित देशका नागरिकहरुलाई आवागमनमा रोक नै लगाएका छन। कोरोनबाट बच्न नेपाल सरकारले पनि बिभिन्न माध्यमबाट जनताहरुलाई सुशुचित गराइरहेको छ।
तर अध्यागमन बिभागको पछिल्लो १४ दिनको तथ्याङ्कअनुसार कारोनाको उद्गमस्थल चीनबाट मात्र १४ सय चार जना चिनियाँ नागरिकहरु नेपाल भित्रिएका छन। यस्तै ताइवानबाट ७० जना, जापानबाट ४ सय पन्ध्र जना , दक्षिण कोरियाबाट २ सय २८ जना नागरिक नेपाल भित्रिएका छन्।
मार्च १ देखी १४ सम्म बिभिन्न १५१ देशका २४ हजार १ सय पचास जना नागरिक त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै नेपाल प्रबेश गरेका छन। यस्तै ४४ हजार १ सय ४७ जना बिदेशमा भएका नेपाली नागरिक भित्रिएका छन। यस अवधिमा विमानस्थल हुँदै जम्मा ६८ हजार दुई सय सन्तानब्बे जना मानिस नेपाल भित्रिएका छन् भने ५५ हजार चार सय चौरानब्बे जनाले नेपाल छाडेका छन्।
कोरोनाकै कारण नेपाल भ्रमण बर्ष २०२० पनि सरकारले स्थगित गरेको छ भने सगरमाथा संवाद पनि नगर्ने भएको छ। यस्तै कोरोना अतिसंक्रमित देशहरु चीन, जापान, दक्षिण कोरीया, फा्रन्स, स्पेन, इरान, इटली र जर्मनीका नागरिकलाई अन अराइभल भिजा नदिने निर्णय गरेको छ।
Facebook Comment