बी डिभिजन लिगः पुल्चोक र झम्सिखेलको बराबरी

डिसी नेपाल
२ चैत २०७६ १८:२७

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा पुल्चोक स्पोट्र्स क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । आईतबार भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगको पाँचौ चरणको खेलमा पुल्चोकले पहिलो अंक बटुलेको छ ।

अंक जोडेसंगै पुल्चोक लिगको ११ औं स्थानमा उक्लिएको छ । मध्यपुरसग समान अंक भएपनि गोल अन्तरका आधारमा पुल्चोकले एक स्थान सुधार गरेको हो । झम्सिखेल ५ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

खेलको ७३ औ मिनेटमा आकाश रानाले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । खेल सकिन पाँच मिनेट बाँकी छदाँ झम्सिखेलका मदन स्याङ्तानले बराबरी गोल फर्काएका थिए । आजै भएको दोस्रो खेलमा नयाँवस्तीले बाँसबारी युथ क्लबलाई १–० ले हरायो । नयाँ बस्तीको जितमा दोस्रो हाफको ईन्जुरी समयमा साजन राईले गोल गरे ।

जितसंगै नयाँ बस्तीले ५ खेलबाट ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको बाँसबारीले शीर्ष स्थानको सातदोबाटोसंग अंकको दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानको बाँसबारीको ११ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *