संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी योगीलाई

डिसी नेपाल
२ चैत २०७६ १९:५६

काठमाडौं । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी संघीय संसदको कायम मुकायम महासचिवमा नियुक्त भएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई स्थायी रुपमा महासचिव नियुक्त नहुन्जेल काम गर्ने जिम्मेवारी दिएका हुन् । उनलाई सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा उक्त जिम्मेवारी दिएका हुन् ।

आइतबारदेखि संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई कार्यकाल पूरा गरेर बिदाइ भएपछि योगीलाई कामु महासचिव नियुक्त गरिएको हो। महासचिवको तलब सुविधासमेत पाउने गरी नियुक्त गरिएको जनाइएको छ ।

योगी २०७५ वैशाख १८ गते प्रतिनिधिसभाको सचिवमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।

संसद सेवाकै कर्मचारी रहेका भट्टराई २०६६ सालमा पहिलोपटक महासचिव नियुक्त भएका थिए। उनी दुई कार्यकाल पूरा गरेर बिदाइ भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *