दार्चुलामा दादुरा–रुबेला खोप अभियान

डिसी नेपाल
२ चैत २०७६ २२:४०

दार्चुला । दार्चुलामा आइतबारबाट दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । दुई चरणमा हुन लागेको अभियानअन्तर्गत पहिलो चरणमा ब्यास, दुहुँ, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामामा अभियान शुरु भएको छ ।

जिल्लाभरिका १२ हजार ७१८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइनेछ । नौ महिनामाथिका र पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइनेछ । दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप निरीक्षक वीरेन्द्र भट्टले जानकारी दिए ।

अभियानका लागि १३० स्वाथ्यकर्मी तथा २० स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए । पहिलो चरणको अभियान चैत २ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत चैत १० देखि १७ गतेसम्म जिल्लाको मालिकार्जुन, लेकम, अपि हिमाल, मार्मा गाउँपालिका र महाकाली नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका ३६० खोप केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *