कोरोना भाइरस: इटलीमा एकैदिन ३ सय ६८ जनाको मृत्यु, २४ हजार ७ सय बढी संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको ज्यान गएको छ ।
आइतबार मात्रै ३ हजार ५ सय ९० जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै इटलीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ।
चीनपछि बढी भयानक देखिएको इटलीमा कोरोनाको संक्रमणबाट १ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म इटलीमा २० हजार ६ सय ३ जना उपचारपछि घर फर्किएका छन्भने १ हजार ६ सय ७२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment