अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले गरे हिन्दू संस्कारअनुसार इंगेजमेन्ट

डिसी नेपाल
३ चैत २०७६ १०:०८

काठमाडौं। अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले आफ्नी गर्लफ्रेण्डसँग हिन्दू संस्कारहनुसार इंगेजमेन्ट गरेका छन् । भारतीय मूलकी गर्लफ्रेण्ड विनी रमनसँग यसअघि क्रिस्चियन संस्कारअनुसार इंगेजमेन्ट गरेका म्याक्सलेलले यस पटक हिन्दू संस्कार अनुसार इंगेजमेन्ट गरेका हुन् । अस्ट्रेलियाका यी विष्फोटक अलराउण्डरले १ महिनाअघि आफूहरुले इंगेजमेन्ट गरेको र छिटै बिहे गर्ने बताएका थिए ।

म्याक्सवेलकी गर्लफ्रेण्ड विनी रमनले इन्स्टाग्राममा आफूहरुको हिन्दू संस्कारअनुसार इंगेजमेन्ट भएको जानकारी दिएकी हुन् । यससँगै ३१ वर्षीय यी अलराउण्डर भारतीय मूलकी युवतीसँग बिहे गर्ने दोस्रो अस्ट्रेलियन खेलाडी बन्नेछन् । यसअघि अस्ट्रेलियाका पूर्व फास्ट बलर शन टेटले २०१४ मा भारतीय मूलकी मासूम सिंघासँग बिहे गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *