इङल्यान्ड ओपनको उपाधि डेनमार्कका विक्टर एक्सेलसनलाई

बर्मिघम । डेनमार्कका विक्टर एक्सेलसनले अल इंङल्यान्ड ओपन ब्याडमिन्टनमा आइतबार ताइवानका तेन चेन चोऊलाई पराजित गर्दै पुरुष सिङल तर्फको उपाधि जितेका छन् ।
डेनमार्कका २६ बर्षिय विक्टरले पहिलो पटक इंङल्यान्ड ओपन ब्याडमिन्टनको उपाधि जितेका हुन् । यो जित संगै उनले तेन चेन चोउ बिरुद्ध आप्नो जित हारको आकडा १०–२ पुयाएका छन । यि दुबै खेलाडी बाहौं प्रतिस्पर्धा रहेको थियो ।
महिला तर्फको उपाधी ताई जू यिंगले जितेकी छिन । उनलाई फाईनलमा चिनकी चेन युफेई २१–१९, २१–१६ को सेटमा पराजीत गर्न ४४ मिनेट लागेको थियो । ताई जू यिंगले तेस्रो पटक उपाधी हात पारेकी हुन ।
महिला डब्ल्सको उपाधी जापानकी युकी फुकुशियामा र सायाका हिरोताले जितेका छन । सायाका र युकी ले चीन की यूई दू र यिन हुई ली लाई ४६ मिनेटमा २१–१३, २१–१५ ले पराजित गरेकी हुन ।
Facebook Comment