कोरोनाभाइरसविरुद्धको खोप मानवमा परीक्षण आज हुँदै

डिसी नेपाल
३ चैत २०७६ ११:४६

काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पहिलो परीक्षण आज हुँदैछ । अधिकारीहरुले खोपको परीक्षणका लागि सहभागी हुनेहरुमध्ये पहिलो सहभागीलाई आज खोप दिइने जनाएका छन् । अमेरिकाको वाशिङटन हेल्थ रिसर्च इन्स्टिच्युटले परीक्षण गर्न लागेको फक्स न्यूजले जनाएको छ । जनस्वास्थ्य अधिकारीका अनुसार यो भ्याक्सिनले पूर्ण रुपमा बैधानिकता पाउन १ वर्ष देखि १८ महिनासम्मको समय लाग्नेछ ।

आजदेखि सुरु हुने परीक्षण ४५ जना स्वस्थ र युवा स्वयंसेवीहरुमा गरिनेछ । उनीहरुमा नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कर्पोरेटले संयुक्त रुपमा तयार गरेको भ्याक्निको फरक फरक डोज परीक्षण गरिनेछ । विश्वभरका दर्जनौं अनुसन्धान समूहहरुले यसको भ्याक्स्नि तयार गर्न प्रयास गरिरहेका छन् । केहीले अस्थायी भ्याक्स्नि बनाउने प्रयास समेत गरिरहेका छन् जसले निश्च्ति समयसम्म भाइरसबाट बचाउन सकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *