‘रेडियोधर्मी विधेयक’ राष्ट्रियसभाबाट पारित

डिसी नेपाल
३ चैत २०७६ १७:३४

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयक विसं २०७५ पुस ८ गते संसद्मा दर्ता भएको थियो ।

त्यसैगरी बैठकले, ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक गतवर्ष चैतमा संसद्मा दर्ता भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएकोे विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पुनःआएको हो । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *