७४ जना नेपाली क्वारेन्टाइनमा राखिएको क्याम्पमा ६ जनामा कोरोनाभाइरसको लक्षण

काठमाडौं। पोर्चुगलमा ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएकोमा सो समूहका ६ जनामा कोरोनाभाइरसको लक्षण देखिएको बताइएको छ । पोर्चुगिज मिडिया एसआइसी नोटिसियासका अनुसार अल्ग्रेभ लगर क्षेत्रको एक स्कुलमा ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।
फारोको सान्टो एन्टोनियोमा क्वारेन्टाइनमा राखिएका यीमध्ये कम्तीमा ६ जनामा कोरोनाभाइरसको लक्षण देखिइसकेको समाचारमा जनाइएको छ । यी सबै आप्रवासीलाई स्कुलमै राखिने र स्वास्थ्य अधिकारीले निरन्तर निगरानी गरिरहने बताइएको छ । पोर्चुगलमा यसअघि नै २ नेपालीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया
Facebook Comment