कोरोनाको कारण ३८ देशको १५० भन्दा बढी प्रतियोगिताहरु रद्द

डिसी नेपाल
४ चैत २०७६ ११:५८

काठमाडौं । कोरोना भाइरसको मार देशको आर्थिक स्थिति र कारोबारमा मात्रै हैन खेल क्षेत्रमा पनि उत्तिकै परेको छ । ओलम्पिक २०२० भएको कारण यो वर्ष खेल दुनियाको लागि अहम हुनेछ । तर यो माहामारीको कारण अहिले सम्म ३८ देशका करिब १५० भन्दा बढी प्रतियोगिताहरु रद्द भएका छन् । कतिपय प्रतियोगिताहरु रद्द भइसकेका छन् भने कति स्थगित गरिएको छ र केही खेलहरु खाली स्टेडियममा भएका छन ।

आर्चरीः बङलादेशको राजधानी ढाकामा २२ देखी २८ फेब्रुवरीसम्म हुने भनिएको आईएसएसएफ इंटरनेशनल सॉलिडटरी चैंपियनशिप स्थगित । चीनको संघाईमा ४ मे देखी १० मे सम्म हुने विश्वकप रद्द ।

एथलेटिक्सः मार्च १३ देखी १५ सम्म हुने वर्ल्ड ईन्डोर च्याम्पियनसिप अघिल्लो बर्ष सम्मको लागी स्थगित । पोल्यान्डमा २९ मार्च दैखी हुने वल्र्ड हाल्फ म्याराथन अक्टूबर सम्मको लागी स्थगित । हङकङमा ९ फेबु्रवरी बाट हुने हङकङ म्याराथन रद्द । फेबु्रवरी १२ देखी १३ सम्म हुने एसियन ईन्डोर च्याम्पियनसिप रद्ध । हङकङमा २९ मार्च देखी हुने एसियन क्रस कन्ट्री स्थगित । एक मार्च देखी हुने पेरिस म्याराथन ६ सेप्टेम्बर सम्मको लागी स्थगित । रोम हाल्फ म्याराथन रद्ध । मार्च १५ देखी हुने न्यू ताईपे सिटी म्याराथन रद्ध, सुजुहु हाल्फ म्याराथन रद्ध, बार्सिलोना म्याराथन रद्ध, न्युयोर्क हाल्फ म्याराथन रद्ध । मार्च २२ देखी हुने सियोल म्याराथन रद्ध । मार्च २२ देखी हुने वुशि म्याराथन रद्ध, टर्किमा हुने म्याराथन स्थगित, लिसबान हाल्फ म्याराथन स्थगित । अप्रिल १२ बाट हुने वुहान म्याराथन र प्योनचांग म्याराथन रद्ध ।

अटो रेसिङः मार्च १५ देखी मेलर्बनमा हुने अष्टे्रलियन ग्रान्ड प्रि फर्मूला वन बाट मैक लैरेन टीमले नाम फिर्ता लियो । मार्च २२ बाट हुने बहरीन ग्रान्ड प्रि फर्मूला वन बिना दर्शक हुने । संघाईमा हुने चाईनीज ग्रान्ड प्रि फर्मूला वन स्थगित । रोम ई प्री फर्मूला ई स्‍थगित । जकार्ता ई प्री रद्द ।

ब्याडमिन्टनः चीन मास्टर्स स्‍थगित । फेब्रुवरी ११ देखी १६ सम्म मलिनामा भएको एसियन टिम च्याम्पियनसिपमा हङकङ र चीनले सहभागिता नजनाएको । जर्मन ओपन रद्द । मार्च २६ देखी २९ सम्म हुने पुलिस ओपन स्थगित । मार्च २४ देखी २९ सम्म हुने भियतनाम ईन्टरनेशनल च्यालेन्ज स्थगित । अप्रिल २१ देखी २६ सम्म हुने एसियन च्याम्पियनसिप आयोजना बुहान बाट रद्ध गरेर मलिनामा हुने ।

बेसबलः ओलम्पिक छनोट खेल जुन महिना सम्मको लागी स्थगित ।

बास्केटबलः मार्च ११ बाट एनबिए निलम्बित । एफआईबीए प्रतियोगिता मार्च १३ बाट निलम्बित । महिला ओलम्पिक छनौट खेल फोसान बाट स्थगित गरेर सर्बियामा आयोजना भयो । मार्च १८ देखी २२ सम्म भारतको बेङलोरमा हुने ३–३ ओलम्पिक छनोट खेल स्थगित । एसिया कप छनौट खेल स्थगित । एशिया कप ३–३ स्‍‌थगित ।

बक्सिङः एसिया ओसियान ओलम्पिक छनोट खेल बुहान बाट रद्ध गरेर जोर्डनमा आयोजना गरियो ।

क्रिकेटः मार्च २९ बाट सुरुहुने आईपीएल १५ अप्रिलको लागी सारियो । भारत र दक्षिण अफ्रिका सिरीज रद्ध । श्रीलंका ईङल्यान्ड सिरीज रद्ध । अष्टे्रलिया र न्यूजिल्यान्ड बिच एक खेल खाली स्टेडियममा खेलियो बाकि खेल रद्ध । एभरेस्ट प्रिमियर लिग (ईपिएल) स्थगित । अमेरिकामा हुने विश्व क्रिकेट लिग २ स्थगित ।

स्पोर्टस क्लाइमबिंगः चीनमा २५ अप्रिल देखी ३ मे सम्म हुने एसियन च्याम्पियनसिपको स्थान परिर्वतन । चीनमा हुने वल्र्डकप स्थगित ।

साइक्लिंगः हेनेनको चीन भ्रमण रद्ध । सात चरणको यूएई टुर ५ चरण पछि रद्ध । मिलान – सैन रेमा रद्द । पोर्चुगलमा हुने माउन्टेन वल्र्डकप रद्ध ।

घोडासवारीः हङकङ सो जपिङ लिग रद्ध ।

फेंसिंगः बुडापेस्टमा हुने पुरुष सेभर वर्ल्ड कप स्‍थगित । अर्जेन्टिनामा हुने पुरुष एपी वर्ल्ड कप स्‍थगित ।

फिल्ड हकीः महिला हकी प्रो लिग स्थगित । मार्च १४ देखी २५ सम्म भारत महिला टिमको चीन भ्रमण स्थगित । आयरल्यान्ड महिला टिमको मलेसिया भ्रमण स्थगित ।

गोल्फः होंडा एलपीजीए थाइल्यान्ड रद्द । सिङापुरमा २७ फेबु्रवरी देखी मार्च १ सम्म हुने एचएसबिसी महिला वल्र्डच्याम्पियन रद्ध । ब्लू बे रद्द । नेरौबीमा केन्या ओपन रद्द । भारतको दिल्लीमा मार्च १९ देखी २२ सम्म हुने इं‌डियन ओपन स्‍‌थगित । मलेसियामा हुने मे बैक च्याम्पियनसिप स्थगित । चीन ओपन स्‍थगित । चेक मास्टर्स रद्द । रोयल कप स्थगित ।

जिमनास्टिक्सः मेलर्बनमा भएको आर्टिस्टिक्स वर्ल्ड कपमा चीनले सहभागिता जनाएन । अल राउन्ड वल्र्ड बाट रुसको टिम बाहिर । दोहामा मार्च १८ बाट २१ सम्म हुने आर्टिस्टिक्स वर्ल्ड कप स्थगित । जर्मनीमा हुने अल राउन्ड वल्र्डकप स्थगित ।

ह्यान्डबलः महिला ओलम्पिक छनौट बाट चीनले नाम फिर्ता लियो ।

घोडा दौडः जापान रेसिङ एसोसयिनको सबै खेल दर्शक बिना भयो ।

आइस हकीः क्यानडामा हुने महिला वल्र्ड च्याम्पियनसिप रद्ध । एसिया महिला च्यालेन्जर्स कप रद्ध ।

जूडोः पेरिसमा फेबु्रवरी ८ देखी ९ सम्म भएको ग्रान्ड स्लाममा चीनले सहभागिता जनाएन । स्विस ओपन रद्द । अंटलाया ग्रान्ड प्री रद्द ।

आधुनिक पेन्टाथ्लोनः वल्र्ड च्याम्पियनसिपको स्थान मेक्सिकोमा परिर्वतन ।

मोटरसाइक्लिंगः दोहामा हुने कतार ग्रान्ड प्री रद्द । मार्च २२ मा हुने थाईल्यान्ड ग्रान्ड प्री अक्टुबर सम्मको लागी स्थगित । एसिया र आसोनिया ओलम्पिक छनौट रद्ध ।

रग्बी युनियनः सिक्स नेशन कप स्थगित । सुपर रग्बीको स्थान परिर्वतन । हङकङ सुपर सेभेन अक्टुबर सम्मको लागी स्थगित । ओलम्पिक टेस्ट ईभेन्ट (एसिया सेभेन) रद्द ।

शूटिंगः नया दिल्लीमा १५ देखी २६ मार्चसम्म हुने वर्ल्ड कप स्‍थगित । ओलम्पिक टेस्ट ईभेन्ट रद्द ।

स्केटिंगः सियोलमा हुने सर्ट टयाक स्पीड स्केटिङ वल्र्ड च्याम्पियनसिप स्थगित । फिगर स्‍केटिंग वर्ल्ड चैंपियनशिप रद्द ।

स्नूकरः बेजिङमा हुने चीन ओपन स्‍थगित ।

फुटबलः एशियन महिला ओलम्पिक छनौट ग्रुप बि को खेल वुहान बाट सिडनीमा सारियो । इंग्लिश प्रीमियर लीगको खेल स्थगित । सिरी ए, बि, सि र डि का खेलहरु स्थगित । ईटालियन कप सेमिफाईनल स्थगित । ईन्डियन सुपर लिग खाली स्टेडियममा समपन्न । नेपाल खेल्ने विश्वकप छनोट स्थगित । स्पेनको ला लिगा स्थगित । फ्रान्सको लिग १ स्थगित । जर्मन बुन्डेसलिगा स्थगित । युरोपियन च्याम्पियन्स लिस ग्थगित ।

सुमोः जापानमा स्प्रिङ प्रतियोगिता दर्शका बिना समपन्न ।

स्विमिङः एसियन वाटर पोलो च्याम्पियनसिप रद्ध । डाईभिङ ग्रान्ड प्रि मा चीनले सहभागिता जनाएन । डाईभिङ वल्र्ड सिरीज रद्ध ।

टेबल टेनिसः बुसानमा २२ देखी २९ मे सम्म हुने वल्र्ड टिम च्याम्पियनसिप स्थगित ।

तेक्वान्दोः एसियन ओलम्पिक छनौट खेल चीन बाट जोर्डनमा सारियो ।

टेनिसः डेबिस कपको केही दर्शक बिना खेलियो । फेड कप फाईनल स्थगित । फेड कप एसिया ओसिनिया गु्रप आईको खेल चीन बाट दूबईमा सारियो । एटिपी, आईटिफले सबै खेल ६ हप्ताको लागी सा र्‍यो ।

ट्रायथ्लनः अबुधाबि वल्र्ड सिरीजका खेलहरु रद्ध ।

भलिबलः चीनमा हुने भलिबल खेल रद्ध ।

वाटर पोलोः ईटलीमा हुने महिला ओलम्पिक छनौट प्रतियोगिता रद्ध ।

भारोत्तोलनः एसियन च्याम्पियनसिप स्थगित । जुनियर वल्र्ड च्याम्पियनसिप रद्ध ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *