बङ्गलादेशको पाकिस्तान भ्रमण कोरोना भाइरसको कारण रद्द

कराची । पाकिस्तान र बङ्गलादेश क्रिकेट बोर्डले संसार भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको खतराको कारण आगामी एकदिवसीय र टेस्ट खेल सोमबार देखी अनिश्चितकालको लागी स्थगित गरेको छ ।
बङ्गलादेशले अप्रिल १ बाट एकदिवसीय साथै ५ देखि ९ सम्म आइसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल खेल्नको लागि मार्च २९ मा पाकिस्तान भ्रमण गर्ने तालिका रहेको थियो ।
पाकिस्तान क्रिकेट बोडको अनुसार अब दुबै देशको क्रिकेट बोर्डले संयुक्त रुपमा छलफल गरेर भबिष्यमा आइसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेलको मिति तय गर्ने जनाएको छ ।
सिरीजको पहिलो टेस्ट खेल गत फेब्रुअरी ७ देखी १० सम्म रावलपिंडीमा खेलिएको थियो उक्त खेलमा पाकिस्तान पारी र ४४ रनले बिजयी भएको थियो । पाकिस्तान क्रिकेट बोर्डले २४ मार्च बाट हुने पाकिस्तान कप एकदिवसीय क्रिकेट प्रतियोगिता पनि अनिश्चितकालको लागि स्थगित गरेको छ ।
Facebook Comment