पाकिस्तान सुपर लिग (पिएसएल) स्थगित

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) पनि कोरोना भाइरसको मारमा परेको छ । संसारभर फैलिएको कोरोना भाइरसको त्रासका कारण पिएसएलको आगामी खेलहरु रद्द भएको छ । यो भन्दा अगाडि खाली स्टेडियममा बिना दर्शक भइरहेको पिएसएलमा सेमिफाइनल र फाइनलका अब मात्र तीन खेलहरु बाँकि रहेका छन् ।
पिएसएलको पहिलो सेमिफाईनल मुल्तान सुल्तान्स र पेशावर जाल्मी तथा दोस्रो सेमिफाइनल कराची किंग्स र लाहौर कलंदर्स बिच १७ मार्चमा साथै १८ मार्चमा फाइनल हुने तय भएको थियो ।
कोरोनाको कारण पिएसएललाई पहिले देखिनै रोक लगाउन अवाज उठिरहेको थियो तर पाकिस्तान क्रिकेट बोर्डले यसलाई बेवास्ता गर्दै आएको थियो ।
पिएसएलको अंक तालिकामा मुल्तान सुल्तान्स १० खेलमा ६ जित र २ हारका साथ शिर्ष स्थानमा रहेको छ भने ५ जित र ४ हार संगै कराची किंग्स दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । अंक तालिकामा लाहौर कलंदर्स तेस्रो, पेशावर जाल्मी चौथो, क्वेटा ग्लेडिएटर्स पाचौ र इस्लामाबाद यूनाइटेड छैठों स्थानमा रहेको छ ।
Facebook Comment