कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्छ : मन्त्री भट्ट

डिसी नेपाल
४ चैत २०७६ १७:५३

काठमाडौं । उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड—१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथमूल्य पसल सञ्चालनको तयारी गरेको बताए ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए । उनले भने, ‘चाडपर्वमा सञ्चालन गरेजस्तो सुलभ, सस्तो पसल भनेर सञ्चालन गर्ने तयारीमा छौँ । खाद्य व्यवस्था विभाग र साल्ट ट्रेडिङले तत्काल ती ठाउँहरुमा अलिअलि सहज हुनेगरी आवश्यक कोटा निर्धारण गरेर वितरण गर्ने व्यवस्था गर्ने तयारी छ ।’

मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए । संकट आउँछ थुपारौँ भन्ने मनोवृतिका कारण केही समस्या देखिएको उनको भनाई छ ।

उनले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि दोहो¥याएका छन् । असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *