बी डिभिजन लिगः सातदोबाटो र झम्सिखेलको बराबरी

डिसी नेपाल
४ चैत २०७६ १८:२२

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता उल्टाएर सातदोबाटोले बराबरी खेलेको हो ।

खेलको दशौँ मिनेटमा भुवन राईको गोलबाट झम्सिखेलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७१ औं मिनेटमा सातदोबाटोका विरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग लिडर सातदोबाटोले ६ खेलमा १६ अंक जोडेको छ । झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ । झम्सिखेल नवौं स्थानमा रहेको छ ।

यस खेलसँगै बी लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित भएको छ । कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै एन्फाले लिग स्थगित गरिएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *