कायम मुकायम गभर्नरको जिम्मेवारी शिवाकोटीलाई
काठमाडौं । सरकारले कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिएको छ ।
गभर्नर रिक्त भएको अवस्थामा बरिष्ठ डेपुटी गभर्नरलाई जिम्मेवारी दिन सकिने कानुनी व्यवस्था अनुसार मंगलबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शिवाकोटीलाई जिम्मेवारी दिएको हो । गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल मंगलबार सकिएको छ ।
राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्ती गर्न सकिने व्यवस्था छ । तर, यसपटक गभर्नरको छनोट गर्नका लागि समिति समेत बन्न सकेको छैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक कार्यक्रममा चैत ५ भित्र गभर्नरको नियुक्ती हुने बताएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएसँगै मन्त्रीपरिषद्को बैठक बस्न नसक्दा गभर्नर नियुक्ती समयमा हुन नसकेको हो ।
Facebook Comment