कोरोना भाइरसः इटलीमा मंगलबार मात्रै ३४५ जनाको मृत्यु

डिसी नेपाल
५ चैत २०७६ ७:३९

काठमाडौँ । कोरोनाको महामारीबाट इटलीमा मंगलबार मात्रै ३ सय ४५ जनाको ज्यान गएको छ ।

यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ जना पुगेको छ ।

बुधबार बिहानसम्म इटलीमा कोरोना संक्रमितको संख्या ३१ हजार ५ सय ६ पुगेको छ।

जसमध्ये मंगलबार मात्रै ३ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका थिए।

विश्वका १६५ देशमा फैलिएको कोरोना (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ।

यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।

मंगलबार मात्रै विश्वमा १५ हजार ७ सय ५५ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो सँगै संक्रमितको संख्या १ लाख ९८ हजार २ सय २९ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *