कोरोनाभाइरसः यही अवस्थामा २० लाख अमेरिकीले ज्यान गुमाउने, सावधानीले २ लाखमा झार्न सकिने

काठमाडौं। अमेरिकाको पूरै जनसंख्याले सामाजिक रुपमा दूरी बढाउने, कोरोनाभाइरस संक्रमित प्रत्येकलाई आइसोलेसनमा राख्ने र संक्रमितका परिवारलाई क्वारेन्टाइनमा राख्ने गरेमा मात्र अमेरिकालाई कोरोनाभाइरसको संक्रमणबाट बचाउने बाटो भएको र यी सब काम १८ महिनासम्म जारी राख्नुपर्ने एक अध्ययनले देखाएको छ । लण्डनको इम्पेरियल कलेजका शोधकर्ताहरुले अमेरिकाको पूरै जनसंख्याले सावधानी नअपनाएमा ११ लाखदेखि १२ लाखसम्म अमेरिकी नागरिकहरुले उपचार पाएको अवस्थामा पनि ज्यान गुमाउन सक्ने खतरा औंल्याएका छन् ।
सोमबार प्रकाशित शोधपत्रमा कोरोनाभाइरसको महामारीको अमेरिका र बेलायतले यसबाट बच्न कस्तो बाटो अबलम्बन गर्छन् भन्ने कुरामा निर्भर हुने उल्लेख छ । यदि अमेरिका र बेलायतले अहिलेदेखि नै केही गरेनन् भने दुवै देशका ८१ प्रतिशत जनसंख्या संक्रमित हुने र २२ लाख अमेरिकी तथा ५ लाख १० हजार बेलायतीले ज्यान गुमाउन सक्ने खतरा औंल्याइएको छ । तर, सामाजिक रुपमा दूरी बढाएर एक अकाृबाट टाढै रहेमा अमेरिकामा मृत्यु हुनेको संख्या २ लाखमा झार्न सकिने शोधपत्रको हवाला दिँदै मदर जोन्सले खेलेको छ । कोरोनाभाइरसबाट १०० बढी अमेरिकीले ज्यान गुमाइसकेका छन् ।
यो अध्ययनबाट प्राप्त तथ्यहरुले अमेरिकाले हालै जारी गरेको रेष्टुरेण्ट र बारबाट बाहिर रहने र आगामी २ हप्तासम्म १० जनाभन्दा धेरैको समूहमा जम्मा नहुने दिशानिर्देश पच्छ्याउँदा दशौं लाखको ज्यान बचाउन सकिने देखाउँछन् । सोमबार ट्रम्प प्रशासनले यो दिशानिर्देश १५ दिनको लागि जारी गरेको थियो । तर, इम्पेरियल कलेजको अध्ययनले भने यससँगै अझै लामो समयसम्मको प्रयास जरुरी रहेको देखाउँछ । ट्रम्फ आफैंले पनि पछिल्लो समय आश्चर्यजनक रुपमा बोली फेरेका छन् र अमेरिकामा यो महामारी आगामी जुलाइदेखि अगष्टसम्म समाप्त हुने बताएका छन् ।
शोधपत्रमा उल्लेख भएअनुसार इम्पेरियल कलेजका विज्ञहरु मान्छन् कि सामाजिक दूरी कायम राख्नु अत्यन्तै जरुरी छ जबसम्म यसको लागि कुनै खोप व्यापक रुपमा उपलब्ध हुँदैन, अर्थात कम्तीमा १८ महिनासम्म । भाइरसको विस्तारका बारेमा उनीहरुले दुई रणनीतिको प्रभावको अध्ययन गरेका छन् सामाजिक क्रियाकलाप घटाउने रसामाजिक क्रियाकलाप पूर्ण रुपमा बन्द गर्ने । उनीहरुले यसका लागि विभिन्न तहका पद्धतिहरुको प्रभावको पनि विश्लेषण गरेका छन् । उनीहरुले ‘मिटिगेशन’ (सामाजिक क्रियाकलाप कम गर्ने) विधि पर्याप्त नहुने र यसका लागि ‘सप्रेसन’ (सामाजिक क्रियाकलाप बन्द नै गर्ने) नै आवश्यक हुने निष्कर्ष निकालेका छन् ।
शोधकर्ताहरुले शोधपत्रमा ‘मिटिगेशन’ विधिको अर्थ ‘शंकास्पद केसहरुलाई होम आइसोलेसनमा राख्ने, शंकापद व्यक्ति बस्ने घरमा बस्ने सबैलाई होम क्वारेन्टाइनमा राख्ने तथा उमेरमा पाका र रोगको धेरै जोखिममा रहेकाहरुलाई सामाजिक रुपमा टाढा राख्ने’ लेखेका छन् । यो विधिले मृत्यु हुनेहरुको संख्या आधा कम गर्न सकिने र स्वास्थ्य सेवा प्रणालीमा पर्ने दबाब र तनावलाई दुई तिहाइ कम गर्न सकिने शोधपत्रमा उल्लेख छ । तर, यो अवस्थामा अमेरिका र बेलायतका हजारमध्ये सय जना महामारीका कारण मारिने र आइसीयू बेडहरुले भार थेग्न नसक्ने जनाइएको छ ।
यसबाट बच्न ‘सप्रेसन’मै जानुपर्ने अवस्था हुनेछ । यो शब्द सुन्दा धेरै कठोर सुनिन्छ किनकि यसका लागि अपनाइने पद्धतिहरु निकै कडा हुन्छन् । यी भनेको यसअघि नै दिइएका सुझावमा अत्यन्तै कडाइ गर्नु हो । यसका लागि सामाजिक प्रकृतिका पूरै कामलाई पूरै ठप्प पार्नुपर्ने हुन्छ । यसको उद्देश्य भाइरसको प्रसारण दर १ भन्दा कम गराउनु हो । जसको अर्थ १ जना संक्रमितले औसतमा अर्को १ जनाभन्दा कमलाई मात्र भाइरस संक्रमण गराउन पाओस् भन्ने सुनिश्चित गर्नु हो ।
‘चारवटै विधिहरु अबलम्बन गर्नुले (पूरै जनसंख्याले सामाजिक रुपमा दूरी बढाउनु, केस आइसोलेसन, संक्रमितका परिवारको होम क्वारेन्टाइन र स्कुल कलेज बन्द) ठूलो प्रभाव पार्ने देखिएको छ, छोटो समयको पूर्ण लकडाउन गर्नाले थप सहयोग पुर्याउनेछ’ शोधपत्रमा भनिएको छ । आश्चर्यजनक रुपमा यी विधिहरु पहिल्यै लागू गरिएको भए त्यसको नतिजा निकै फरक हुन्थ्यो । शोधकर्ताहरुका अनुसार महामारीको सुरुवाती चरणमा, जतिबेला हप्तामा ६० नयाँ केस भेटिएका थिए र एक संक्रमितले औसतमा २ जनालाई भाइरस सारिरहेका थिए, यी विधि अपनाइएको भए २ वर्षमा मृत्यु हुनेहरुको संख्या ५ हजार ६ सयमा झार्न सकिने थियो । तर, लामो समय पर्खिने र केही नगर्ने गर्दा बेलायतमा मात्र मृत्यु हुनेको संख्या ५ लाख ५० हजारसम्म पुग्न सक्ने खतरा छ ।
अमेरिकाको लागि यो तथ्यांक दिइएको छैन तर जनसंख्याको आधारमा उही परिस्थितिमा तुलना गर्दा अमेरिकामा मारिनेको संख्या यसको ४ गुणा बढी पुग्ने देखिन्छ । यदि अमेरिकामा पहिल्यै सावधानी अपनाइएको भए २ वर्षको अवधिमा मारिनेको संख्या २२ हजार ४ सयमा झार्न सकिन्थ्यो । तर दुर्भाग्य, शोकर्ताहरुले दिएको हप्तामा ६० नयाँ संक्रमित दरको थ्रेसहोल्ड पार भइसकेको छ । अब यी विधिहरु कडाइका साथ लागू गराउन सकिएमा अमेरिकामा मृत्यु हुनेहरुको संख्या २ लाख २० हजारसम्म घटाउन सकिने मदर जोन्सले अनुमान गरेको छ ।
यदि अमेरिका ‘मिटिगेशन’ रणनीतिसम्म मात्र सीमित रह्यो भने यसले अमेरिकाको स्वास्थ्य सेवा क्षेत्रमा अत्याधिक चाप बढ्नेछ र स्थिति निकै भयावह हुनेछ । यस्तो परिस्थितिमा यदि सबै संक्रमितहरुले उपचार पाएको खण्डमा पनि बेलायतमा मृत्यु हुनेको संख्या ३ लाख ५० हजार हुने र अमेरिकामा मृत्यु हुनेको संख्या ११ देखि १२ लाखसम्म हुन सक्ने शोधकताृहरुले प्रक्षेपण गरेका छन् । शोधकर्ताहरुले अहिलेको अवस्थामा ‘सप्रेसन’मात्र व्यवहारिक रणनीति भएको शोधकताृहरुले निष्कर्ष निकालेका छन् ।
Facebook Comment