नागरिक लगानी कोषद्वारा पेन्सन योजना सुरु

डिसी नेपाल
५ चैत २०७६ १२:२८

काठमाडौं। नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ। ३० औ बार्षिकोत्सवको अवसरमा कोषले स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेटने गरी पेन्सन योजना सुरु गरेको हो।

योजनामा नियमित र मासिक रुपमा आम्दानी हुने सबै सर्वसाधारण सहभागी हुन सक्नेछन्। यसका लागि कुनैपनि संस्थाको सिफारिस नचाहिँदैन कोषले जनाएको छ।

कोषमा सर्वसाधारणले गरेको योगदानको आधारमा पेन्सन वा एकमुष्ट रकम समेत फिर्ता लिन सकिने व्यवस्था गरिएको छ। वाषिकोत्सव कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले पूँजी बजारको स्थायित्व र विकासमा अहंम भूमिका खेल्ने उद्देश्यले कोषले पूँजी बजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी गराए।

मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सरकारी,गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गरी ठूला परियोजनाहरूमा लगानी गरी मुलुकको आर्थिक वृद्धिमा सहयोग पुर्याउन र मुलुकभित्र रोजगारी सिर्जना गर्न कोष लागिपरेको पनि कार्यकारी निर्देशक नेपालले बताए।

सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक बृद्धि दरमा टेवा पु्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार बिकासका आयोजनाहरुमा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पुर्याइरहेको बताए।

कोषको लगानीलाई विविधीकरणका साथ व्यवस्थापन गर्न उपयुक्त वातावरण सिर्जना गर्ने कार्यमा सम्बद्ध निकायबाट विगतमा झैँ पूर्णरूपमा सहयोग प्राप्त भई नै रहने धारणा व्यक्त गरे।

चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कोषले १ खर्ब ४० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गर्न सफल कोषले यो अवधिमा १ खर्ब ३८ अर्ब ५५ करोड रुपैया लगानी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *