जर्मनीले पनि नेपालीलाई भिसा नदिने

काठमाडौं। युरोपेली देश जर्मनीले पनि नेपाललाई भिसा नदिने भएको छ । छिमेकी देशहरु अष्ट्रिया र हंगेरीपछि जर्मनीले पनि नेपालीलाई भिसा नदिने भएको हो । विश्वभर फैलीइरहेको कोरोनाका कारण यूरोपेली मुलुक जर्मनीले नेपालीलाई पनि भिसा नदिने भएको हो ।
कुनै पनि एक युरोपेली मुलुकको भिसा पाउँदा युरोपियन यूनियनका सबै सदस्य राष्ट्रमा घुम्न पाइने गरी जारी हुने सेन्जेन भिसामार्फत अब जर्मनी, अष्ट्रिया र हंगेरीमा जान नपाइने भएको हो । अष्ट्रिया र हंगेरीको दूतावास काठमाडौंमा नभएका कारण यी दुई देशको भिसा प्रक्रिया पनि जर्मन दूतावासमार्फत नै हुने गर्छ । काठमाडौंस्थित जर्मन दूतावासले मंगलबार एक सूचना जारी गर्दै जर्मनीका लागि भिसाको प्रोसेसिङ रोकिएको जानकारी दिएको हो ।
प्रतिक्रिया
Facebook Comment