कोरोना भाइरसको त्रास क्रिकेटमा, कति श्रृंखला रद्द भए ?

काठमाडौं। कोरोना भाइरसको मार देशको आर्थिक स्थिति र कारोबारमा मात्रै हाेइन खेल क्षेत्रमा पनि उत्तिकै परेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले बिभिन्न टिमका ६ अन्तर्राष्ट्रिय क्रिकेट र २ टि-२० लिग अहिलेसम्म रद्द भएका छन्। कोरोनाको कारण स्थगित भएका खेलहरु कहिले सुचारु हुने अहिले अनुमान लगाउन मुस्किल छ।
नेपालमा पनि कोरोनाको कारण ईपिएल, बि डिभिजन लिगलगायात अन्य खेलहरु स्थगित तथा रद्द भएका छन्। छिमेकी मुलुक भारतमा मात्रै आईपिएललगायत अन्य ठूला प्रतियोगिताहरु रद्द भएका छन्।
नेपाल भारत मात्रै नभएर श्रीलंका, पाकिस्तान, बङलादेश, ईङल्यान्ड, अष्टे्लिया, न्यूजिल्यान्ड, आयरल्यान्ड, जिम्बाबे, दक्षिण अफ्रीका सबै टिमको खेलकुद कार्यक्रम प्रभावित भएका छन्। यी देशमा खेलमा खेलाडी घरमा आराम गरिरहेका छन्। त्यहाँ कुनैपनि क्रिकेट खेलहरु भएका छैनन्।
अहिले सम्म रद्द भएका प्रमुख प्रतियोगिताहरु :
रोड सेफ्टी वर्ल्ड टि-२० सीरीज
आईपीएल २०२० (१५ अप्रिल सम्म स्थगित)
भारत र दक्षिण अफ्रीका एकदिवसीय सीरीज
श्रीलंका र इङल्यान्ड टेस्ट सीरीज
पाकिस्तान र बङलादेश एक एकदिवसीय र दोस्रो टेस्ट
ऑस्ट्रेलिया र न्युजिल्यान्ड एकदिवसीय सीरीज
पाकिस्तान सुपर लिग २०२० (सेमिफाईनल र फाईनल)
जिम्बाब्वे र आयरल्यान्ड एकदिवसीय र टि २० सिरीज
Facebook Comment