युएस ओपन टेनिस समयमै हुने

डिसी नेपाल
५ चैत २०७६ १६:३६

एजेन्सी । युएस ओपन टेनिस निर्धारित मितिमै हुने भएको छ । कोरोना भाईरसको कारण विश्वभरका खेलकुद गतिविधि स्थगित हुँदै आएपनि युएस ओपन भने निर्धारित समयमै हुने भएको हो ।

अमेरिकाको टेनिस एसोसियसनले कोरोनाको कारण प्रतियोगिता नसर्ने जनाएको छ । युएस ओपन आगामी अगस्ट ३१ बाट न्युयोर्कमा सुरु हुनेछ ।

कोरोनाको कारण फेन्च ओपन सरेपछि युएस ओपन समेत सर्न सक्ने सम्भावना बढेको थियो । तर, अमेरिकाको टेनिस एसोसियसनले निर्धारित समयमै प्रतियोगिता हुने जनाएको छ ।

चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फ्रेन्च ओपन सेप्टेम्बरसम्मको लागि सारिएको छ । आगामी मे २४ देखि ७ जुनसम्म हुने फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्म हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *