धार्मिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने
काठमाडौं । विश्वभरी कोरोनाको प्रकोप बढेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । अहिलेसम्म कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नआए पनि सरकारले कोरोनालाई गम्भिर रुपमा लिई यसको प्रवेशलाई नै निषेध गर्ने योजना बनाएको छ ।
सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तिरीय समितिको आजको बैठकले अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर नजान अपिल सहितको आदेश जारी गरेको छ ।
सरकारद्वारा जारी १५ बुँदे आदेशमा कोरोनाको संक्रमणबाट जोगिन सामाजिक, साँस्कृतिक र यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दीर, गुम्बा, चर्च, मस्जिद लगाएतका धार्मिक स्थलहरुमा २५ जना भन्दा धेरै भेला नहुन सर्वसाधारणका लागि अपिल सहितको आदेश जारी गरेको छ ।
बैठकले धेरै मानिसहरु जमघट हुने ठाँउहरु फिल्महल, डान्सक्लव लगाएतका मजोरञ्जनका सम्पूर्ण स्थानहरुमा अप्रिल ३० तारिकसम्मका लागि बन्द गरिएको छ।
साथै बैठकले जारी गरेका अपिलहरुको कार्यान्वयनको अनुगमन प्रदेश सरकार र स्थानीय तहले समेत गर्नेछन् भनि निर्णय गरेको छ ।
Facebook Comment