कालोबजारी गर्नेलाई कडा कारबाही गर्छौ : प्रहरी नायव महानिरीक्षक पोखरेल

डिसी नेपाल
५ चैत २०७६ १८:२८

काठमाडौं । कोरोना भाइरसको आडमा दैनिक अत्यावश्यक वस्तुको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन्।

बुधबार महानगरीय प्रहरी वृत्त लैनचौरमा आयोजित स्थानिय प्रहरी र स्थानिय नागरिकको भुमिका विषयक अर्न्तक्रिया तथा संयुक्त प्रहरी मेश शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले उक्त कुरा बताएका हुन।

कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै पोखरेलले ग्यास उत्पादक, वितरक, पेट्रोल पम्प, डिपो, स्यानिटाइजर र मास्क विक्रेताको निग्रानी राख्न पनि निर्देशन दिएकाछन् ।

यो समयमा खाद्यान्न र औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै उनलेले सचेतरहन आग्रह गर्दै कोरोना भाईरसको कारण उत्पन्न त्रासको वातावरणको फाईदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने व्यापारी तथा व्यवसायी बिरुद्ध प्रहरीलाई सुचना उपलब्ध गराउन समेत नागरिकहरुलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक बिज्ञान राज शर्माले नागरिकहरुलाई कोरोना भाईरसबाट बच्न सुझाव दिँदै समुदायले सजग रहन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *