नक्कली एक हजारको नोटसहित रामेछापबाट दुई जना पक्राउ
काठमाडौं। प्रहरीले रामेछापको खाँडादेवीबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको एक टोलीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खाँडादेवीका प्रहरी नायव निरीक्षक र लुभुघाट प्रहरी चौकीको प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले खाँडादेवी गाउँपालिका–१ का ढकलबहादुर तामाङ र वडा नं।२ लामागुफाका सार्की तामाङलाई पक्राउ गरेको हो ।
पक्राउपछि उनीहरुको शरीर खानतलासी गर्दा १ हजार दरका २२ वटा नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त रकम वतन नखुलेको तराईमुलका जलाउदिन मिया अन्सारीसँग मिलि गाँउघरमा गोरु किनी पैसा भुक्तान गर्दा नक्कली नोट प्रयोग गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
त्यसबारेमा विभिन्न व्यक्तिबाट यी ३ जनाबाट बुझेको खोटा मुद्रा रु १,००० को दरले ९०,००० सहित जम्मा १,१२,००० खोटा मुद्रा बरामद गरी कानुनी प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comment