कोरोनाको त्रासका बीच बन्दना राणाको न्यूयोर्क–काठमाडौं यात्राः उतै अड्किन्छु कि भन्ने लागेको थियो

काठमाडौं। संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसा निर्मुलन सम्बन्धी मामिला हेर्ने समिति (सेडा) की उपाध्यक्ष बन्दना राणा ९ दिने अमेरिका भ्रमण सकेर मंगलबार काठमाडौं फर्केपछि सेल्फ क्वारेन्टाइनमा छिन्।
उनी ३ हप्ताका लागि न्यूर्योक उड्दा अमेरिका कोरानाको चपेटामा परिसकेको थिएन। राष्ट्रसंघीय अधिकारी र केही आफ्ना निजी बैठकका लागि उनी न्यूयोर्क पुगेकी थिइन्। उनी अघिल्लो शनिबार न्यूर्याक पुगिन्। आइतबारदेखि न्यूर्याकमा कोरोनाकै कारण आपतकाल लाग्यो। तर पनि उनले आफ्नो भेटघाटलाई निरन्तरता दिइन्।
उनले डिसी नेपालसँग भनिन्, ‘मैले सोमबार ७ मिटिंग, मंगलबार ६, बुधबार ५ बिहीबार ५ वटा मिटिंग गरेँ। बुधबारको साँझ डब्ल्यूएचओले कोरोना भाइरस प्रकोपलाई विश्वव्यापी महामारी भन्यो भन्यो। त्यसपछि भने डराउनुपर्ने अवस्था आयो। मेरो मिटिंग नहुने भयो। यूएन हेडक्वाटर खाली थियाो।’
विश्वस्वाथ्य संगठनले विश्वव्यापी महामारी भनेपछि समस्या बढेको भन्दै उनले राष्ट्र संघका महासचिब पनि एक्लै हिँड्नुपर्ने अवस्था आफूले देखेको बताइन्। उनले भनिन्, ‘अघिपछि धेरै मानिसले घेरिएका हुने महासचिब एन्टोनी गुरेट्स तीनदिनसम्म एक्लै हिँडेको देखेँ।’ अमेरिकामा कोरोनाको निकै त्रास रहेको उनले बताइन्। उनले भनिन्, ‘अमेरिका लक डाउन हुन्छकी भन्ने हल्ला भयो। मलाई पनि अलिकति डर लाग्यो। यतै अड्किन्छुकी भन्ने भयो। घरबाट (काठमाडौं) पनि फोन आयो। लक डाउन भयो भने, कहाँ बस्ने, के गर्ने भन्ने चिन्ता लाग्यो।’
त्यसपछि आफूले तीन हप्ताको भ्रमण छोट्यार नेपाल फर्किने निर्णय गरेको उनले बताइन्। नेपाल फर्किने दिने आफू बिहान पाँच बजे उठेर ७ बजे न्यूयोर्कको विमानस्थल पुगेको उनले बताइन्। उनले न्यूयोर्कको सार्वजनिक यातायातमा आफूलाई खोकी लाग्दा त्यहाँ रहेका अरु मानिसहरु भागेकोसमेत उनले बताइन्। उनले भनिन्, ‘मलाई मौसम परिवर्तनका कारणले सुख्खा खोकी लागेको थियो। त्यहाँ खोक्योकी मानिसहरु भाग्ने अवस्था बन्योा। फ्लाइटमा पनि त्यस्तै हुन्छकी भन्ने थियो। तर, अलि कम भयो। कतार एयरवेजको सेवा निकै राम्रो लाग्यो। विमानमा सोसल डिस्टेन्स मेन्टेन गरिएको थियो। १३ घण्टाको न्यूयोर्क दोहा यात्रामा खासै समस्या भएन। ५ घण्टाको दोहा ट्रान्जिटमा पनि खासै समस्या भएन।’
तरm काठमाडौं पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने न्यूयोर्क र दोहाको भन्दा कडा चेकजाँच भएको उनले बताइन्। उनले भनिन्, ‘ टीआईएमा सफा गर्ने काम भइरहेको थियो। सोसल डिस्टेन्स, इन्फरमेशन राम्रो थियो। तापक्रम पनि राम्रोसँग जाँच्यो।’ उनले दोहाबाट काठमाडौं आउँदा आफूसँग त्यहाँबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरु पनि फर्किएको बताइन्।
काठमाडौं आएपछि आफूले सरकारले भनेको सेल्फ क्वारेन्टाइनमा बसेको बताइन्। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ क्वारेन्टाइनबारे भने केही जानकारी नदिइएको उनले बताइन्। उनले भनिन्, ‘मैले त विभिन्न माध्यमबाट सेल्फ क्वारेन्टाइन बस्ने कुरा जानकारी पाएकी थिएँ। र स्वतःस्फुर्त होम क्वारेन्टाइनमा छु। तर एयरपोर्टमा यो विषयमा जानकारी नदिनु सरकारको ल्याकिंग हो जस्तो लाग्छ।
Facebook Comment