ज्लाटनद्वारा अक्षय कोषको स्थापना

डिसी नेपाल
५ चैत २०७६ २२:३०

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले अक्षय कोषको स्थापना गरेका छन् ।

स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले कोरोनाविरुद्ध लड्न भन्दै अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् । अक्षय कोषको स्थापना गर्दै इब्राहिमोविचले ९१ हजार पाउण्ड दिने घोषणा समेत गरेका छन् ।

इब्राहिमोविचले अक्षय कोषबाट १ मिलियन डलर बढी रकम उठाउने योजना भएको बताएका छन् । कोषमा उठेको रकमबाट इटालीको अस्पताल र मेडिकल स्टाफलाई सहयोग गर्ने इब्राहिमोविचले बताएका छन् । चीनबाट फैलिएको कोरोनाबाट सर्वाधिक धेरै प्रभावित हुने राष्ट्रमा इटाली समेत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *