कोरोनाको त्रास फैलिरहेका बेला पूर्व प्रधानमन्त्री डा. भट्टराईले नाम फेरे !

डिसी नेपाल
६ चैत २०७६ ७:०७

काठमाडौँ । विश्वभर कोरोनाको आतंक फैलिरहेका नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नामै परिवर्तन गरेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो डा. बाबुराम भट्टराई परिवर्तन गरेर ‘नियमित हात धोऔं / Wash your hands !’ राखेका हुन् ।

डा. भट्टराईले नाम परिवर्त गरेसँगै आफुले कोरोना भाइरसबाट बँच्नका लागि नियमित हात धोऔँ, बनाएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको संक्रमणबाट बँच्न सबैभन्दा बढी साबुन पानीले हात धुन सुझाब दिइरहेको छ ।

उनले लेखेका छन्, “कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।”

विश्वभर कोरोनाको आतंक फैलिरहेका बेला नेपाल सरकारले आजदेखि लागु हुनेगरी स्कुल, क्याम्पस, चलचित्र हल, जिम हल बन्द गर्ने निर्णय गरेको छ । यस्तै आजदेखि हुने भनिएको एसइई परीक्षा पनि स्थगित भएको छ ।

हालसम्म विश्वभर २ लाख १८ हजार ९ सय २४ जना कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ८ हजार ९ सय ५२ जनाको ज्यान गइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *