पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको मुटुमा समस्या, गंगालाल अस्पताल भर्ना

डिसी नेपाल
६ चैत २०७६ ८:३७

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । बुधबार साँझ नियमित जाँचका लागि बासबारीस्थित गंगालाल अस्पतालमा पुगेका डा. भट्टराईको मुटुमा समस्या पाइएपछि भर्ना गरिएको हो ।

डा. भट्टराई प्रोस्टेटको जाँचका लागि अस्पताल पुगेका थिए । उच्च रक्तचापको नियमित औषधी सेवन गर्ने डा. भट्टराईलाई मुटुको पनि समस्या हुन सक्ने आशंकामा डाक्टरहरुले एन्जियोग्राफी गर्न भनेमा थिए । यस क्रममा मुटुमा समस्या पाइएपछि अस्पताल भर्ना गरिएको भट्टराई निकट स्रोतले जानकारी दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *