पाँचतारे होटल हायात बन्द हुने

काठमाडौँ । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द हुने भएको छ । नेपालमा कोरोना फैलिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाएपछि त्यसको असरमा व्यवस्थापनले होटल ६ हप्ताका लागि बन्द गर्ने भएको हो ।
व्यवस्थापनका अनुसार होटल आगामी मार्च २१ तारिख शनिबारदेखि मे १ तारिखसम्म अस्थायी रुपमा बन्द हुनेछ । यो समयमा होटलभित्रका रेस्टुरेन्ट, बार, क्लब सबै बन्द रहने छन्।
प्रतिक्रिया
Facebook Comment