शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

डिसी नेपाल
६ चैत २०७६ १८:५२

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले शुक्रबारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रियसभाको बैठक भने भोली (शुक्रबार) १ बजे बोलाइएको थियो ।

यसअघि, बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घण्टाभन्दा बढी समय बसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *