कोरोना रोकथामका लागि महानगरपालिकाद्वारा १० करोडको कोष स्थापना

डिसी नेपाल
६ चैत २०७६ १९:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताए ।

महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्री सहितको हेल्प डेस्क स्थापना गर्ने र निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने उनले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न समेत उनले आग्रह गरे । त्यस्तै महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत पुजा बाहेक अन्य कुनै भिडभाड नगर्न समेत उनले आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *