क्रिकेटसम्बन्धि सम्पूर्ण गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित

डिसी नेपाल
६ चैत २०७६ २१:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।

क्यानले बिहिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । यस्तै क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *