पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग

डिसी नेपाल
७ चैत २०७६ १३:०६

काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको भन्दै पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न व्यवसायीले माग गरेका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै होटल एसोसिएसन अफ नेपाल (हान) ले पर्यटन व्यवसायीलाई राहत दिन समेत माग गरे।

हानले होटल व्यवसाय बन्द भएकाले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको अवधि पुनरावलोकनका लागि व्याजमा छुट दिन समेत आग्रह गरेको छ। यसैगरी होटलहरुलाई लाग्दै आएको करमा छुट र विद्युत महशुल समेत मिनाहा गर्न माग गरेको छ।

ज्ञापनपत्र बुझेपछि मन्त्री भट्टराईले कोरोनाले परेको प्रभावबाट राहत दिनका लागि सरकारले प्याकेजमै कार्यक्रम घोषणा गर्ने बताए।
कोरोना त्रासका कारण पर्यटकीय गतिविधि ठप्प भएपछि होटलहरु धमाधम बन्द हुन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *