आज अमेरिकी डलरको भाउले आकाश छोयो, प्राय सबै देशको विनियमदर उच्च
काठमाडौं । आज चैत ८ गते शनिबार अमेरिकी डसलरको भाउले आकाश छोएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ २८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ३८ रुपैयाँ १८ पैसा र बिक्रिदर १ सय ३८ पैयाँ ८७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३ सय ८६ रुपैयाँ ६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ५३ पैसा रहेको छ।
Facebook Comment