कोरोना महामारी: इटलीमा एकै दिन ६ सय २७ जनाको मृत्यु
काठमाडौँ । कोरोनाको महामारीबाट इटलीमा शुक्रबार मात्रै ६ सय २७ जनाको मृत्यु भएको छ।
यो सँगै कोरोना भाइरसको संक्रमणबाट इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
शनिबार बिहानसम्म कोरोनाका संक्रमणबाट इटलीमा ४७ हजार ५१ जना संक्रमित भएका छन् । शुक्रबार मात्रै इटलीमा ५ हजार ९ सय ८६ जना संक्रमित भएका थिए ।
विश्वभर आतंक मच्चाएको कोरोना भाइरसको संक्रमणबाट ११ हजार ३ सय ९७ जनाको ज्यान गएको छ । यस्तै शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सय ६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शुक्रबार मात्रै ३० हजार ८ सय ५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ३ सय ६६ जनाको ज्यान गएको छ ।
Facebook Comment