कोरोना भाइरसः जर्मनीमा एकै दिन ४,५२८ जना संक्रमित

डिसी नेपाल
८ चैत २०७६ ९:५५

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् । यो सँगै जर्मनीमा कोरोनाबाट १९ हजार ८ सय ४८ जना संक्रमित भएका छन् ।

शुक्रबार मात्रै जर्मनीमा २४ जनाको ज्यान गएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।

जसमध्ये १८० जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

विश्वभर आतंक मच्चाएको कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहानसम्म ११ हजार ३ सय ९७ जनाको ज्यान गएको छ।

यस्तै बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सयढ ६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *