कोरोनाको संक्रमणबाट पहिलोपटक यूएईमा २ जनाको मृत्यु, १४० जना संक्रमित

डिसी नेपाल
८ चैत २०७६ १०:२८

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट यूएइमा पहिलो पटक २ जनाको ज्यान गएको छ । शनिबार बिहानसम्म १ सय ४० जना संक्रमित भएका छन् ।

जसमध्ये ३१ जना उपचारपछि घर फर्किएको र २ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोनाका संक्रमणबाट विश्वमा ११ हजार ३ सय ९७ जनाको ज्यान गइसकेको छ ।

यस्तै शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोना संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सयढ ६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

शुक्रबार मात्रै ३० हजार ८ सय ५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ३ सय ६६ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *