यूएई सरकारसँग दूतावास निरन्तर सम्पर्कमा रहेकाे छ
काठमाडौं । आबुधाबी स्थित नेपाली राजदूतावासले यूएईमा बस्ने नेपालीको हक हितको लागि निरन्तर लागेको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै यूएई सरकारसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमण नियन्त्रणका लागि यूएई सरकारले अविलम्बन गरेका नीति तथा कार्यक्रमहरु प्रभावकारी भएरहेको छ ।’
‘आगामि दिनमा यूएई सरकारसँग समन्वय गरेर यहाँ रहेका नेपालीको निरन्तर हितमा क्रियाशिल हुनेछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment