स्कटल्याण्डका पूर्व क्रिकेटरलाई कोरोनाभाइरस

डिसी नेपाल
८ चैत २०७६ २२:३०

एजेन्सी । स्कटल्याण्डका पूर्व क्रिकेटर माजिद हकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तानी मुलका स्कटल्याण्डका क्रिकेटर माजिदलाई परिक्षणको क्रममा भाइरसको संक्रमण देखिएको हो ।

संक्रमण देखिएसंगै उनको उपचार प्रक्रिया सुरु भएको छ । उनले सन् २००६ देखि २०१५ सम्म स्कटल्याण्डका लागि ५४ एकदिवसीय, २४ टी–२० खेलेका थिए । स्कटल्याण्डका अफ स्पिनर माजिदले ग्लासगोस्थित रोयल एलेक्जेन्ड्रा अस्पतालमा उपचार भईरहेको जनाएका छन् ।

‘कोरोनाको परिक्षण गरेपछि सम्भवत घर फर्कने प्रतिक्षा गरिरहेको छु । शुभ सन्देश पठाउने सबैमा धन्यवाद । भगवानले चाँडो निको भएर घर फर्काउनेछन् ।’ उनले भनेका छन् ।

३७ बर्षिया क्रिकेटरले स्कटल्याण्डबाट सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकप खेलेका थिए। स्कटल्याण्ड, वेल्स र ईङ्ल्याण्डको क्रिकेट बोर्डले कोरोनाका कारण सबै क्रिकेट गतिविधि बन्द गरेका छन् ।

बेलायत लगायत आसपासमा करिब ४ हजारमा कोरोनाको संक्रमण देखिएको छ । करिब १ सय ८० मानिसको ज्यान गएको छ । स्कटल्याण्डमा समेत करिब ३ सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *