कोरोनाको संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्षको मृत्यु

डिसी नेपाल
९ चैत २०७६ ७:५६

काठमाडौँ । रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ।

कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्ना पूर्व अध्यक्षको निधनप्रति रियल म्याड्रिडले पनि एक विज्ञप्ति निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका थिए ।

कोरोनाको संक्रमणबाट आइतबार बिहानसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् भने एक हजार ३ सय ७८ जनाको ज्यान गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *