चीनमा सकियो कोरोना संक्रमण !

काठमाडौँ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको त्रासले विश्व त्रहिमान भइरहेको छ । तर कोरोनाको उद्गमस्थल चीनमा भने कोरोनाको संक्रमण शून्यमा झरेको छ।
शनिबार चीनमा एक जना पनि कोरोना संक्रमित फेला परेका छैनन् भने कसैको पनि ज्यान नगएको चिनियाँ सञ्चारमाध्यमहरुले नाएका छन् ।
चीनमा फेला परेका ८१ हजार ८ जना जम्मा संक्रमितमध्ये ७१ हजार ७ सय ४० जना उपचारपछि घर फर्किएका छन् । जसमध्ये ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।
चीनमा एक हजार ९ सय २७ जना बिरामी गम्भीर भएपनि उनीहरुको अवस्था स्थिर चाइना डेलीले जनाएको छ ।
विश्वभर कोरोनाको संक्रमणबाट १३ हजार २५ जनाको ज्यान गइसकेको छ भने ३ लाख ६ हजार ८ सय ९२ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया
Facebook Comment