४५ मिनेटमै कोरोनाभाइरस संक्रमण भए–नभएको पुष्टि गर्ने टेस्ट किटले मान्यता पायो
वाशिङटन। अमेरिकाको खाद्य तथा औषधि प्रशासनले करिब ४५ मिनेटमा कोरोनाभाइरस संक्रमणको पुष्टि गर्ने नयाँ र्यापिड डायग्नोष्टिक टेस्टलाई मान्यता दिएको छ । सिएनएनका अनुसार यो किटले शुक्रबार मान्यता पाएको हो र यो किटबाट अर्को हप्तादेखि परीक्षण सुरु गरिने क्यालिफोर्नियाको टेस्ट किट उत्पादक कम्पनी सेफिडले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
‘सेफिडका चिफ मेडिकल एण्ड टेक्नोलोजी अफिसर डा. डेभिड पर्सिङले भने ‘अस्पताल सेवाको माग बढ्दो भएको यो समयमा स्वास्थ्यकर्मीहरुलाई बिरामीको व्यवस्थापनको लागि तत्कालै नतिजा दिने परीक्षण किटको अत्यन्तै आवश्यक छ ।’ यो नयाँ किटले कोरोनाभाइरस संक्रमितको छिटो पहिचान गरी यसलाई फैलिनबाट रोक्न सघाउने उनले विश्वास व्यक्त गरे ।
गत हप्ता मात्र प्रोभिडेन्स सेन्ट जोसेफ हेल्थका सिइओले अमेरिकामा अहिले उपलब्ध परीक्षण किटको बारेमा कुरा गर्दै यसबाट नतिजा आउन २४ घण्टादेखि ४ दिनसम्म लाग्ने र यो ढिलाइ अस्वीकार्य भएको बताएका थिए ।
Facebook Comment