टि-२० विश्वकपको सेमिफाइनलमा रिजर्व डे प्रस्ताव

डिसी नेपाल
९ चैत २०७६ १०:३७

सिडनी । अष्ट्रेलिया क्रिकेटले यो बर्ष हुने टि-२० विश्वकपको सेमिफाइनल खेलको लागि रिजर्व डेको प्रस्ताव राख्ने भएको छ । गत महिना भएको महिला टि २० विश्वकपको नकआउट चरणमा रिजर्व डे नभएको कारण आलोचना खेप्नु परेको थियो ।

महिला टि-२० विश्वकपमा भारत र इङल्यान्डबीच बर्षाको कारण रद्द भएको खेलमा भारतको बढी अंक भएको कारण इङल्यान्ड बाहिरिनु परेको थियो ।

पुरुष टि-२० विश्वकप १८ अक्टुबरबाट सुरु हुदैछ जहाँ सेमिफाइनल भन्दा अगाडि रिजर्व डेको ब्यबस्था गरिएको छैन ।

आइसीसीको यो बर्ष हुने बैठकमा यो ब्यबस्थाको बारेमा चर्चा हुने भएको छ । यदि आईसीसी बोर्ड सदस्यहरुले खेल्ने नियमहरु परिवर्तन गर्ने कुराको चर्चा बैठकमा गरेमा यो नियमको पनी परिवर्तन हुने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *