पाकिस्तानमा (कोभिड १९) बाट ६ सय ४५ जना संक्रमित
काठमाडौँ । छिमेकी मुलुक पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ६ सय ४५ जना संक्रमित भएका छन् । जसमध्ये ३ जनाको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो संक्रमितको संख्या सार्क मुलुकमध्येकै सबैभन्दा धेरै हो ।
आइतबार दिउँसोसम्म पाकिस्तानमा ३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी १८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।
विश्वभर महामारीको रुप लिएको कोरोनाबाट आइतबार बिहानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।
जसमध्ये ९ हजार ३ सय ८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
Facebook Comment