सहकारीलाई निर्देशन : आंशिक रुपमा भएपनि सेवा दिनु

डिसी नेपाल
९ चैत २०७६ १२:२९

काठमाडौं। राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई अत्यावश्यक सेवा प्रवाह नियमित रुपमा संचालन गर्न निर्देशन दिएको छ। कोरोना संक्रमणको त्रास बढेका बेला महासंघले आईतबार विज्ञप्ती जारी गर्दै सदस्यहरुलाई नियमित रुपमा सेवा संचालन गर्न निर्देशन दिएको हो।

सहकारी सदस्यका लागि सदस्यकै व्यवस्थापनमा संचालन हुने भएकाले विषम परिस्थितीमा पनि सदस्यलाई अत्यावश्यक सेवा प्रवाह गर्न तयार रहनुपर्ने महासंघले उल्लेख गरेको छ।

स्वास्थ्य सहकारीहरुलाई स्वास्थ्य सेवा, उपभोक्ता सहकारीहरुलाई उपभोक्ता र वित्तीय सहकारीहरुलाई आंशिक समय कार्यालय खोलेर भएपनि वित्तीय सेवा प्रदान गर्न भनेको छ।

यसैगरी कार्यालय संचालन गर्दा अनावश्यक भिडभाड नगर्न तथा आवश्यक सुरक्षात्मक उपाय अपनाउन समेत अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *